Nepali News

1 readers
1 users here now

founded 1 year ago
MODERATORS
1
 
 

म नारायण भुसाल । मेरो घर पैयूं-५, पर्वत हो । मेरो समूह इजरायल आइपुगेको झण्डै एक महिना भयो । हामी सबै यहाँ नयाँ पनि छौं । परिवेश नयाँ छ । हामी आउनुअघि यहाँ त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू आएका थिए । यो ठाउँ सीमाक्षेत्रमा पर्छ । यहाँबाट दुई किलोमिटर आसपासमा इजरायलको सीमा सकिन्छ । यहाँ जोखिम रहेपछि ११ […]

2
 
 

२२ असोज, काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले अनलाइनखबरलाई बताए अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै  तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीलाई उद्धृत […]

3
 
 

२२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् । प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् । सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाएको बताए । बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । […]

4
 
 

२२ असोज, काठमाडौं । लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको छ । यो ०.६५ प्रतिशतको गिरावट हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाए पनि लगानीकर्ता यस नियमबाट उत्साहित देखिएनन् । आइतबार ३५.६७ अंकले […]

5
 
 

२२ असोज, काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ । ११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ । थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन् । यस्तै इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा ४ […]

6
 
 

२२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ […]

7
 
 

२२ असोज, काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी बनाएका थिए । पुर्जाको नाममा रहेको सो कीर्तिमान तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिलाले […]

8
 
 

२२ असोज, काठमाडौं । कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटीलाई पेनाल्टीबाट पराजित गरेपछि आर्सनलले वेम्लीमा उत्सवको सट्टा बाहिरी मानिसहरुको मजाकको सामना गर्नुपर्‍यो । लिगको उपाधि नजिक पुगेर पनि सिटीसँग पछि परेर लिग च्याम्पियन बन्न चुकेका कारण आर्सनलको त्यो जितलाई मजाक बनाइको थियो । गत सिजनको शीर्ष दुई टोली बीचको खेललाई उत्सुकताका साथ हेरिएको थियो । अगस्ट ६ […]

9
 
 

निःशुल्क र विस्तारित सेवालाई निरन्तरता दिन कम्तिमा पनि अहिले भएका जनशक्तिलाई कायमै राख्नुपर्थ्यो । तर स्वास्थ्यमन्त्री बस्नेतले बजेट अभाव देखाएर करार अवधि नथप्न निर्देशन दिए ।

10
 
 

२२ असोज, म्याग्दी । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका […]

11
 
 

काठमाडौं । हालैको एक दिउँसो दीपेन्द्र के खनाल हतारोमा थिए । फिल्मको काम सक्नुपर्ने चटारोबीच उनी हामीसँग गफिए । हाँडीगाउँस्थित स्टुडियोमा दीपेन्द्रको आगामी फिल्म ‘भष्मे डन’को सम्पादन भइरहेको छ । यसबाहेक चित्त नबुझेका दृश्यलाई पुनः खिच्ने उनको तयारी छ । जोखिम लिने र चित्त नबुझेसम्म पटक–पटक फिल्म खिच्ने उनको पुरानै शैली हो । ‘धर्मा’मा राजेश […]

12
 
 

२२ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । महासचिव गुटेरेस तीन दिन नेपाल भ्रमणका क्रममा २६ असोजमा काठमाडौं आइपुग्ने छन् । त्यसको भोलिपल्ट असोज २७ गते अपराह्न ४ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

13
 
 

२२ असोज, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ । ग्याँस उद्योगहरुले गैरकानुनी रुपमा होटल लगायत औद्योगिक प्रयोजनका लागि ५० केजी र ४५० केजीका सिलिण्डरहरु बिक्री वितरण गरेको भन्दै लेखा समितिले त्यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । […]

14
 
 

२२ असोज, काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुखितरहेको […]

15
 
 

काठमाडौं । सामसङ मोबाइलको दशैं लक्षित ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ योजनाका विजेता घोषणा गरिएको छ । जसमा ९ जना भाग्यशाली विजेताहरुले ९ वटा १२५ सीसीको टीभीएस स्कुटर जितेका छन् । २ असोजदेखि १५ असोजसम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट ९ जना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । […]

16
 
 

२२ असोज, गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए ।  चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ […]

17
 
 

२२ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । हमासको आक्रमणमा परि इजरायलमा मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै राष्ट्रपतिले परिवारप्रति […]

18
 
 

२२ भदौ, काठमाडौं । संघीय सरकार अन्तरगतका मन्त्रालय, निकाय र मातहतका विभाग तथा कार्यालयहरुको संगठन संरचनालाई पुनरावलोकन गरेर छरितो बनाउन सरकार सकसमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय संगठन संरचनाको पुनरावलोकनमै द्विविधाहरु देखिएको छ भने अन्य मन्त्रालयहरु पनि जनशक्ति कटौतीका लागि तत्पर देखिएका छैनन् । अन्योलका बीचमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको संगठन तथा व्यवस्थापन […]

19
 
 

गत महिना कीर्तिमानी संख्याका चिनियाँ लडाकु विमानहरुले चीन तथा ताइवानबीचको अनौपचारिक सीमा पार गरे । उक्त विषयमा ताइवानले चिन्ता व्यक्त गरेलगत्तै चीनले भने ताइवान र आफ्नो बीचमा यस्तो कुनै पनि सीमारेखा नरहेको बतायो । १०३ वटा चिनियाँ लडाकु विमानहरु ताइवानको नजिक उडाइएको थियो र त्यसमध्ये ४० वटा विमान त ताइवानको वायु प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेका […]

20
 
 

२२ असोज, काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबि गर्न माग गर्दै प्रदर्शनको विरोध गर्दा उनीहरूलाई प्रहरीले शीतल निवासबाट पक्राउ गरेको […]

21
 
 

काठमाडौं । विनय श्रेष्ठ, शिल्पा मास्के, सञ्जोग कोइरालाको शीर्ष भूमिका रहेको वेब सिरिज ‘लभ सूत्र’को टिजर सार्वजनिक भएको छ । यो सिरिज कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ हुने बताइएको छ । फिल्मको पढाइ हुने कान्तिपुर एकेडेमीले दशैं छेकोबाट ओटीटी सञ्चालनमा ल्याउँदैछ । सञ्चालनअघि उसले नेपाली फिल्मका चर्चित कलाकारहरु समावेश भएको नयाँ वेब सिरिजको टिजर ल्याएको […]

22
 
 

२२ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज […]

23
 
 

२२ असोज, काठमाडौं । उच्च अदालत बाग्लुङले गाँजा भण्डारण गर्ने गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ । निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको उच्च अदालत बागलुङका […]

24
 
 

काठमाडौं । दक्षिणी इजरायलको मरुभूमिमा हप्ता दिनसम्म चल्ने संगीत महोत्सव ‘सुपरनोभा’को लागि संगीतप्रेमी उत्साहका साथ पर्खिरहेका थिए । ‘सबै परिवार एक हुने समय आयो’ महोत्सव सुरु हुनुअघि आयोजकले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो निकै रमाइलो हुन गइरहेको छ ।’ स्टाटस लेखेको केही घण्टामै अब उनीहरुका सोसल मिडियाका पृष्ठ प्रियजन खोज्न हतास मानिसले भरिएका छन् । […]

25
 
 

२२ असोज, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्ने भएको छ । आइतबार उद्घाटन भएको प्रदेश अधिवेशनको बन्द सत्र सोमबार दिउँसोदेखि सुरू भएको छ । बन्द सत्र सुरू हुनुअघि धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल गर्दै राय मागेका थिए । […]

view more: next ›